दफा
अनुगमन गर्ने वा गराउने
(१) आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल
सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञ सहितका टोली गठन गरी निर्वाचन प्रचार प्रसार, निर्वाचनसँग सम्बन्धित मतदान, मतगणना वा अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगले टोली गठन गर्दा अनुगमन गर्ने निर्वाचन क्षेत्र, अनुगमन गर्दा अपनाउनु पर्ने कार्यविधि र त्यस्ता टोलीले अनुगमनको काम सम्पन्न गर्नु पर्ने समय समेत निर्धारण गर्नु पर्नेछ ।